गण्डकी प्रदेशका थप १४ जना कोरोना पुष्टि

0
350

भदौ ३, २०७७ कास्की : गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १४ जनामा कोरोना पुष्टी भएको हो। संक्रमित हुनेमा तनहुँका २ जना र नवलपरासीका १२ जना रहेका छन्।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७७९ पुगेको छ।

SHARE