राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

0
1014

भदौ २, २०७७ काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएको हो।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीव घिमिरेले बताएका छन्। वि।सं। १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गरेका थिए। छोरा राजीव घिमिरेका अनुसार उनको १०१ वर्षमा निधन भएको हो।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए। उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका थिए।

उनले वि।सं। १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए। उनका नवमञ्जरी वि।सं। १९९४०, घामपानी ९वि।सं। २०१००, नयाँ नेपाल ९वि।सं। २०१३०, किन्‍नर(किन्‍नरी ९वि।सं। २०३३० जस्ता कविता सङ्ग्रह सङ्कलित छन्। उनलाई ुराष्ट कविु को उपाधिले सम्मान गरिएको थियो।

१४ वर्षको उमेरमा ज्ञान पुष्प शीर्षकमा वि।सं।१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जना थालेका थिए। घिमिरे वि।सं। २००५ सालमा गोरखापत्रमै सह(सम्पादकको जागिरे भएका थिए।

बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि।सं। १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा काम थालेका थिए। वि।सं। २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादकमा काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।

उनी वि।सं। २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा जोडिएका थिए। चर्चित राष्ट्रिय गीत गाउँछ गीत नेपालीु का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ुफूलको थुङ्गा बगेर गयोु तारादेवी० तथा ुआजै र राति के देखेँ सपनाु नारायण गोपालले गाएका छन्।

‘राष्ट्र निर्माता’ जस्तो खण्डकाव्यको सिर्जना गरेर घिमिरेले साहित्य क्षेत्रमा आफूलाई सु(प्रबल राष्ट्रवादी कविका रुपमा स्थापित गराएका थिए । गीत र कविताका माध्यमबाट आधुनिक नेपालको जनमानसमा राष्ट्र प्रेमको भावना जागरण गराउने प्रमुख भूमिका घिमिरेले खेलेका थिए।

उनी वि।सं। २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

SHARE