कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

0
451

भदौ २, २०७७ बाँके : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको सोमवार राति ११ः४० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनको फोक्सोमा निमोनिया भएको थियो।

ती पुरुषलाई गत साउन ३० मा कोरोना लक्षण देखिएपछि परिवारका सदस्यले साउन ३२ मा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा गरेका थिए। कोरोनाको लक्षण देखिएपछि अस्पतालले पिसिआर जाँचका लागि स्वाब लिएको थियो।
स्वाब लिएको दिनदेखि नै उनको स्वास्थ्यमा खराबी आएको थियो। ती पुरुषमा सोमवार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

SHARE