नेपालमा कोरोना संक्रमित एक लाख ८० हजार पुग्ने अनुमान

0
422

भदौ २, २०७७ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्ममा नेपालभित्र कोरोना संक्रमित संख्या १ लाख ७९ हजार १२३ जना पुग्ने अनुमान गरेको छ।

एक महिना यता लक्षण सहितका संक्रमित र मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको बेलामा मन्त्रालयले कोभिड(१९ बाट खराब निम्तिन लागेको लागेको जनाएको हो।
मन्त्रालयले विभिन्न दातालाई सहभागी गराएर बनाएको इपिमोडेलिंग अनुसार अहिलेकै दरमा संक्रमित बढ्दै गए ३० असोजसम्म १ लाख ७९ हजार १ सय २३ सम्म संक्रमित पुग्न सक्छ। मन्त्रालयले असार १ गतेदेखि यो मोडलमा केन्द्रित भएर काम गरिरहेको छ।

१ असारदेखि ३० असोजसम्म ९चार महिना० को मोडलअनुसार काम गरिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। उनले भने, ुयही गतिमा संक्रमण बढ्दै गए हामीले यतिसम्म होला भनेर अनुमान गरी सोहीअनुसार काम गरेका छौं।
काठमाडौं उपत्यकामा सक्रमण बढ्दै गएपछि मन्त्रालयले हजार शय्या क्षमताको आइसोलेशन पनि तयार गर्दैछ। अब विस्तारै चिसो मौसम सुरु हुने र चिसोमा सक्रमण झनै फैलनसक्ने हुँदा सम्भावित अनुमानसहित काम गरेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्‌।​

खराब स्थिति आए ३० असोजसम्म १ लाख ७९ हजार १ सय २३ संक्रमित पुग्ने सक्ने अनुमान गरिएको छ। तर, भदौको तेस्रो साताबाट संक्रमितको दर भने क्रमशः घट्ने अनुमान गरिएको छ। असोज अन्तिमसम्ममा सक्रिय संक्रमित ६ हजार ४३, लक्षणविहीन संक्रमित ४ हजार ८३४, लक्षण देखिएर अस्पताल भर्ना हुने ९०६ र गम्भीर बिरामी ३०२ जना पुग्ने मन्त्रालयले अनुमान गरेकहो छ।
तर, भदौको तेस्रो साताबाट संक्रमण घट्ने प्रक्षेपण छ।

SHARE