
भदौ २, २०७७ कास्की : गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा ६ वर्षका बालकदेखि ८७ वर्षका बृद्धसम्म रहेका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ।
कास्कीका १५ जना, नवलपरासी सुस्ता पूर्व र बाग्लुङका ३र३ जना, तनहुँका २, र लमजुङ र स्याङ्जाका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितलाई सम्बन्धित जिल्लाका स्थानीय तहमा निमार्ण गरिएका आइसोलेशनमा लैजाने तयारी भएको छ। आज थपिएकासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ६४ पुगेको छ।






