नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो

0
421

भदौ १,२०७७ काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५८ वर्षीया महिला, रौतहटमा ३२ वर्षीय पुरुष र मोरङका ६० वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको जानकारी दिए । देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार नाघेको छ ।

SHARE