सोमबार थपिए देशभर ५ सय ९१ जना कोरोना संक्रमित ।

0
285

भदौ १, २०७७ काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएअनुसार सोमबार देशभरबाट १ सय ६० संक्रमित डिस्चार्ज भएका छन्।

काठमाडौं उपत्यकामा मात्रै १ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा सोमबार १ सय ६८, ललितपुरमा १५ र भक्तपुरमा १४ जना संक्रमित भेटिएका हुन्। देशभर ९ हजार ६ सय ३९ सक्रिय संक्रमित रहेका उनले बताए।

SHARE