भदौ १,२०७७ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।
नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको समस्या समाधान तथा देशको समसामयिक राजनीतिक विषयमा सचिवालय बैठकमा छलफल गरिनेछ ।