
साउन ३२, २०७७ पर्सा : पर्साको नारायणी अस्पतालमा थप एक ३२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।
रौतहट घर भएका उनी क्षयरोगका बिरामी भएका बताइएको छ। शनिबार बेलुका उनको मृत्यु भए पनि उनको कोरोना पोजेटिभ भएको रिपोर्ट भने आज आइतबार साँझ मात्र आएको नारायणी कोभिड अस्पताल गण्डकका संयोजक जयनारायण सिंहले जानकारी दिएका छन्।






