आइतबार थपिए ६ सय ४१ जना कोरोना संक्रमित ।

0
294

साउन ३२, २०७७ काठमाडौं पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना संक्रमित थपिएका छन्। देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा यो स‌ंख्या संक्रमित थपिएका हुन्।

आइतबार १ सय ३४ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसबारे बताएका हुन्। आइतबार सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।

आइतबार १२ हजार २ सय ४७ जनाको पिसिआर गरिएको गौतमले बताए। थपिएका मध्ये महिला २ सय १८ जना छन्।

SHARE