गण्डकी प्रदेशमा फेरि ९ जनामा संक्रमण पुष्टि

0
311

साउन ३२, २०७७ कास्की : गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा कास्की महानगरपालिकाका ५ जना र तनहुँका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो। जसमा ३ महिला र ५ जना पुरुष रहेका छन्।

यस अघि आजै प्रदेशका जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७ सय १८ पुगेको छ।

SHARE