बागलुङका वडाअध्यक्षमा कोरोना देखिएपछि गाउँपालिका सिल

0
447

साउन ३१, २०७७ बागलुङ : वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि बडिगाड गाउँपालिका सिल गरिएको छ।

शनिवार सुरक्षा संयन्त्रसहित बसेको गाउँ कार्यपालिकाको बैठकले अर्को निर्णय नहुन्जेल गाउँपालिका सिल गर्ने निर्णय गरेको हो।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा शनिबार बिहान वडा नं। ६ का अध्यक्ष मौसमकाजी क्षत्रीलाई कोरोना पुष्टि भएको थियो। उनको सम्पर्कमा धेरै मानिस रहेका र उनीहरुको ट्रेसिङ नसकिने बेलासम्म खतरा बढ्न नदिन गाउँपालिका सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत बालाकृष्ण सुवेदीले बताए।

SHARE