पहिरोमा परी कालिकोटमा ६ जनाको मृत्यु

0
478
फाइल फोटो

साउन ३०, २०७७ : अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।

जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णालीका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।
स्वकीय सचिव सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।

SHARE