पोखरामा ९ महिलासहित १७ जुवाडे पक्राउ

0
655

साउन २९, २०७७ कास्की : कास्की प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ महिलासहित १७ जना जुवा खेलिरहेकालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट १ लाख रुपैयाँभन्दा बढी पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए।

हमालका अनुसार बुधबार पोखरा महानगरपालिका–१० मिलन टोलमा बस्दै आएकी ज्ञानु हमालको डेरामा अवैध रूपमा जुवा खेल्ने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय राम बजारबाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा ज्ञानु हमाल, भूबहादुर गुरुङ, अस्मिता गुरुङ, डम्बर बहादुर गुरुङ, बल बहादुर गुरुङ, इन्द्रा गुरुङ, राधेश्याम भुजेल, मन बहादुर गुरुङ, हिम कुमारी गुरुङ, इन्द्रा राई, कुमारी गुरुङ, राजलक्ष्मी राई, सुक कुमारी गुरुङ, सीता नेपाली, लीलमान थापा, यमबहादुर गुरुङ र विनोद गुरुङ छन्।
पक्राउ गरिएकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर जुवा अन्तर्गत जिल्ला प्रशासन कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

SHARE