नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा, पुरुषको संख्या दोब्बर बढी ।

0
316

साउन २९, २०७७ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने महिला भन्दा पुरुषको संख्या दोब्बर बढी छ। कोरोना पुष्टि भई मर्ने पुरुषको संख्या ७३ पुगेको छ। प्रदेश २ मा सबैभन्दा बढी २८ जना पुरुषको मृत्यु भएको छ।

बागमतीमा १३, प्रदेश ५ मा ९, प्रदेश १ मा ८, गण्डकी प्रदेशमा ६, सुदूरपश्चिममा ६ र कर्णालीमा ४ जना पुरुषको मृत्यु भएको हो। प्रदेश २ मा ११ महिला, बागमती प्रदेश ५, प्रदेश ५ मा ३ र सुदूरपश्चिममा ३ जना महिलाको मृत्यु भएको छ। हालसम्म २२ महिलाको कोरोनाबाट मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको बताए। थाहाबाट

SHARE