बिहीबार देशभर ५ सय २५ कोरोना संक्रमित थपिएका छन्।

0
257

साउन २९, २०७७ काठमाडौं
देशभर बिहीबार ५ सय २५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

आज काठमाडौंमा मात्र १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको गौतमले बताए । साथै बिहीबार देशभरबाट १ सय ९ जना डिस्चार्ज भएका छन्।  देशभर सक्रिय संक्रमित ८ हजार २५ जना रहेका उनले बताए। हालसम्म ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

SHARE