सुनको मुल्य ह्वात्तै घट्यो

0
596

साउन २८, २०७७ काठमाडौं : नेपाली बजारमा  सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाका १ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएकोमा बुधबार ९५ हजार ४ सयमा झरेको हो। गत शुक्रबार हालसम्मकै उच्च मूल्य सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
पछिल्ला चार दिनमा सुनको भाउ लगातार घटिरहेको छ। महासंघका अुनसार नेपाली बजारमा छापावाल सुनको भाउ मंगलबार ८ सय, सोमबार २ सय र आइतबार ९ सय रुपैयाँले घटेको थियो।

SHARE