गण्डकी प्रदेशमा थपिए आठजना संक्रमित

0
312

साउन २७, २०७७ पर्वत : गण्डकी प्रदेशमा मंगलबार बिहान तीन जिल्लाका आठजनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या एक हजार ६३१ पुगेको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा। बिनोदविन्दु शर्माले क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको बताएका छन्।

मंगलबार थपिएका संक्रमितहरु बागलुङको बागलुङ नगरपालिका–४ की २२ वर्षीय महिला र वडा नम्बर ३ का ३९ वर्षीय पुरुष रहेका छन्।

यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका–६ का १९ र वडा नम्बर ३ का २९ वर्षीय पुरुष तथा कास्कीको पोखरा महानगरपालिका–५ का ११ वर्षीय पुरुष र ३८ वर्षीया महिला, वडा नम्बर ३० का ३० वर्षीय पुरुष र वडा नम्बर १७ की ४५ वर्षीया महिलामा संक्रमण रहेको पाइएको छ।

SHARE