१२ वर्ष सम्म फरार, हाजिर भएको २ दिनमा १० लाख धरौटीमा छुटे

0
486

जानु पाण्डे
कपिलवस्तु, साउन २७, २०७७ :तत्कालीन माओवादी नेता शिवपुजन कुर्मी, उनका भाइ चौधरी कुर्मी र बहादुर कुर्मीको हत्या अभियोगमा कपिलवस्तु जिल्ला अदालतबाट धरौटीमा छुटेका अपराधिक पृष्ठभूमिका काँग्रेस नेता प्रितम पाण्डेलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको छ ।

१२ वर्ष सम्म फरार रहेका पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतमा हाजिर भएको २ दिन मै १० लाख धरौटी लिई छाडिएको थियो । शुक्रवार शुक्रवारको दिन बेलुकी ५ बजे आदेश भई सोही दिननै नगद नगद बुझाई धरौटीमा छुटेका थिए ।

कपिलवस्तु जिल्ला अदालतका २ नम्बर न्यायधिश लालकाजी श्रेष्ठले प्रितम भन्ने सुखिनाथ पाण्डेलाई १० लाख धरौटी लिएर छाडेपछि पीडितहरू निर्णय विरुद्ध उच्च अदालत पुगेका थिए । उच्च अदालत बुटवल इजलासले पाण्डेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७८ बमोजिम १० लाख रुपैया धरौटी माग गर्ने गरी कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७६र९र१८ मा भएको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ ।

बुटवल इजलासका मुख्य न्यायाधीश बाबुराम रेग्मी र न्यायधिश कृष्ण कमल अधिकारीको संयुक्त इजलाशले प्रतिवादी प्रितम पाण्डेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालतका नाममा परमादेश जारी गरेको छ ।

पीडितका पक्षबाट बहस गरेका अधिवक्ता वृजेन्द्र चौधरीले जिल्ला अदालतले सुरुमै दफा ६७ बमोजिम थुनामा राख्ने मुद्दालाई ६८ मा लैजाँदा समस्या आएको बताए। दफा ६८ अनुसार अभियुक्तलाई धरौटी राख्न सकिने व्यवस्था रहेको छ । न्याधिसले स्व विवेक प्रयोग गर्न सक्ने अधिकार रहेको छ । परमादेश अनुसार आरोपित थुनामा रही जिल्ला अदालतमा मुद्दा चल्ने छ । मृतक शिवपुजनका छोरा होमप्रकाश चौधरीले जिल्ला बाट न्याय नपाए पछि पुनरावेदन गरेको बताए ।

यस्तो थियो पाण्डेले गरेका अपराध 

२०६४ चैत ९ गते होलीको दिन माओवादी कार्यकर्ता रहेका हथिहवाका शिवपुजन कुर्मी माथि ४ जनाले गोली प्रहार गरेका थिए ।
घटना वारदातका क्रममा उपस्थित दर्जनौँ प्रत्यक्षदर्शीले प्रहरी बयान तथा अनुसन्धानमा स्थानीय प्रितम पाण्डे, जर्नादन पाण्डे, धर्मेन्द्र सिंह क्षेत्री र नसिम खाँनले गोली हानेको बताए । सोही अनुसन्धानका क्रममा सबै जना फरार भए ।
प्रहरीले विभिन्न चरणमा लामो संर्घष पछि नसिम खाँन र धर्मेन्द्र सिंह क्षेत्रीलाई १ बर्र्ष पछि पक्राउ गर्‍यो र शिवपुजन हत्यामा बारे पुर्पक्षका लागि थुनामा पठायो । १२ वर्ष सम्म फरार रहेका पाण्डे एकाएक पुस १७ गते अदालतमा आफै हाजिर भए र १८ गते श्रेष्ठको एकल इजलासले धरौटीमा छाड्ने आदेश दियो ।

पाण्डे विरुद्ध शिवपुजन बाहेक अरू ३ जनाको हत्या अभियोग समेत छ । २०६३ साल असार १३ गते हथिहवा गाविसमा स्थानीय केशव भरको हत्याको नेतृत्व प्रितम पाण्डेले गरेको मुद्दामा किटानी जाहेरी छ ।
उनका बाबु दारु भरले छोराको हत्या प्रितम, धर्मेन्द्र सिंह र द्वारिका यादवले गरेको जाहेरीमा उल्लेख छ । यसै गरी २०६१ साल वैशाख १८ गते चौधरी कुर्मी र चेतन कुर्मीलाई विठुवामा हत्या गरिएको अभियोगमा समेत प्रितम पाण्डे विरुद्ध किटानी जाहेरी छ तर प्रहरीले हाल सम्म उक्त घटनाको मुद्दा अनुसन्धान भएको छैन ।

SHARE