धरौटी बुझाउन नसक्दा विप्लव समूहका नेता जेल चलान

0
408

साउन २६, २०७७ कैलाली : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं सेती–महाकाली ब्युरो इन्चार्ज ओम पुन पुनःकारागार चलान भएका छन्।

सोमबार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरूको एकल इजलासको उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उनले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए।
पुनकी श्रीमती पूर्णिमा धामी भने साधारण तारिखमा रिहा भएकी छिन् । धामी अखिल नेपाल महिला संगठन क्रान्तिकारीकी सेती–महाकाली ब्युरो इन्चार्ज हुन्।

 

SHARE