२ महिनापछि खुल्यो नगर अस्पताल

0
378

साउन २६, २०७७ स्याङजा : कोरोना सङ्क्रमण त्रासले २ महिनादेखि बन्द गल्याङ नगर अस्पताल सञ्चालनमा आएको छ।

कोरोना महामारीको जोखिम केही कम हुन थालेसँगै अस्पतालमा आकस्मिक तथा बहिरंगसहित सबै सेवा सञ्चालनमा ल्याइएको हो। अस्पतालले आफ्नो नियमित सेवा सुरु गरेसँगै सामान्य उपचारका लागि पोखरा, पाल्पा र वालिङ जानुपर्ने समस्याको अन्त्य भएको गल्याङ ३ बल्पुकका अर्जुन बस्यालले बताए।

कोरोना संक्रमितको उपचार गर्न अस्पतालमा आइसोलेसन निर्माण गरिएको थियो। अस्पतालको आइसोलेसन कक्ष र अन्य बिरामीका लागि प्रवेशद्वार छुट्टाछुट्टै निर्माण गरिएका कारण सेवाग्राहीले कुनै शंका मान्नु नपर्ने अस्पतालका प्रमुख थानापति न्यौपानेले जानकारी दिए।

SHARE