वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

0
292

साउन २६, २०७७ पर्सा : वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ।
वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो। उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनको आइतवार गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
श्वासप्रश्वासमा अचानक समस्या भएपछि उनलाई अस्पताल ल्याइएको र कोरोना संक्रमण भए नभएको थाहा नहुँदै उनको ज्यान गुमेको गण्डक कोभिड अस्पतालका इन्चार्ज डाक्टर निरज सिंहले जानकारी दिए।

SHARE