मास्क नलगाउने ४१० जनामाथि कारबाही

0
295
फाइल फोटो

साउन २६, २०७७ : बैतडीमा एक महिनाको अवधिमा मास्क नलगाई हिँड्डुल गर्ने व्यक्तिबाट ४१ हजार रुपैयाँ जरिवाना संकलन भएको छ।

गत असार २३ देखि हालसम्म ४१० व्यक्तिलाई जरिवाना गरिएको हो। मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्हुल गर्ने व्यक्तिलाई एक सय रुपैयाँका दरले जरिवाना गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

पहिलोपटक मास्क लगाउन आग्रह गर्ने र त्यसपछि पनि अटेरी गर्ने व्यक्तिलाई जरिवाना गरिएको हो। यसका साथै हालसम्म ७०० जनालाई निःशुल्क मास्क बितरण गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

सार्वजनिक स्थलमा मास्कबिना निस्केका व्यक्तिलाई मास्क वितरण गरिएको हो।

SHARE