कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना

0
568

साउन २५, २०७७ बाँके
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छ। कोहलपुर नगरपालिका(२, की ७० वर्षीया उनलाई चार दिन अघि उपचारका लागि भर्ना गरिएको थियो।

ज्वरोसँगै स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। उनको निमोनिया भई छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ। महिलाको छातीमा समस्या देखिएको र उपचारका क्रममा मृत्यु भएको महिलामा कोरोना पुष्टि भएको शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा। दिनेश श्रेष्ठले बताए।

कडा खालको ज्वरो आएपछि २३ साउनमा उनको स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पतालको पिसिआर ल्याबमा पठाइएको थियो। आइतवार दिउँसो कोरोना रिपोर्ट आउनुभन्दा पहिले नै उनको मृत्यू भएको डा। श्रेष्ठले बताए। ‘रिपोर्ट ढिलो आउँदा उपचार अघि बढाउन सकिएन। रिपोर्ट नआउँदै विरामीको मृत्यू भयो,’ उनले प्रष्ट पारे। थाहाबाट

SHARE