शनिबार कोरोनाबाट तीन जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७३ पुग्यो ।

0
387

साउन २४, २०७७
काठमाडौं। नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिय महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो। मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसैगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप र निमोनियाका बिरामी थिए।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

यस्तै शनिबार देशभर ३ सय ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने,  देशका विभिन्न अस्पतालबाट ४ सय ९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

SHARE