
साउन २४, २०७७ पर्वत : भारत तथा तेस्रो मुलुकबाट आउने क्रम रोकिएपछि पर्वतमा कोरोना संक्रमणको अवस्था नियन्त्रित बनेको छ।
नेपालमा कोरोना संक्रमणको सुरुवाती अवस्थामा रोजगारीको लागि भारतमा पुगेका सबैभन्दा बढी र अन्य मुलुकमा गएकाहरू पनि धमाधम जिल्ला फर्किएपछि क्वारेनटाइन र आइसोलेसन भरिएका थिए।
तर पछिल्लो समयमा २र४ जना मात्र जिल्लामा भित्रिएका कारण पुलिङ क्वारेनटाइनसमेत खाली हुँदै गएका छन् भने संक्रमितहरूको सङ्ख्या पनि ह्वात्तै घटेको छ। तथ्यांकअनुसार जिल्लामा हालसम्म भारतबाट ९ सय ७३ जना र तेस्रो मुलुकबाट २ सय ७० जना भित्रिएका छन्।

जिल्लामा सङ्क्रमितहरूको कुल सङ्ख्या १ सय १ जना रहेकोमा ९८ जना डिस्चार्ज भएका छन् भने उपचारको लागि आइसोलेसनमा राखिएकाहरूको सङ्ख्या ३ रहेको छ।








