म्याग्दी कोरोनामुक्त जिल्ला

0
640

साउन २३, २०७७ म्याग्दी : हिमाली जिल्ला म्याग्दी हाललाई कोरोनामुक्त बनेको छ। आइसोलेसनमा रहेका ६ संक्रमितको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा अब कोही पनि संक्रमित छैनन्।

विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा रहेका बेला संक्रमण पुष्टि भएर आइसोलेसनमा गएका ६ जनाको शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। विभिन्न देशबाट आफ्नो घर फर्किएर आएका ४७ जनामा कोरोना पोजेटिभ देखिएकोमा ४१ जना निको भै घर फर्किसकेका र ती ६ जना मात्र आइसोलेसनमा थिए।

SHARE