साउन २३, २०७७ काठमाडौं : ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका निर्देशक डा विष्णु शर्माका अनुसार पर्साका ४५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो। उनलाई साउन १७ गते ललितपुरकै स्टार अस्पतालबाट थप उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो।
उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए।