मास्क नलगाई हिँड्नेलाई कारबाही‚ ३४ हजार राजस्व

0
344
फाइल फोटो

साउन २३, २०७७ बैतडी : लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि बैतडीमा मास्क लगाउन अनिवार्य गरिएको छ।

जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना लिन थालेको हो। गत असार २३ गतेदेखि हालसम्म मास्क नलगाउने ३४१ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनीहरुबाट जरिवाना स्वरुप ३४ हजार १०० रुपैयाँ संकलन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

यसका साथै हालसम्म ७०० जनालाई मास्क वितरण गरिएको छ। लकडाउन खुले पनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय बैतडीले कडाइ गरेको हो।

सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको भए पनि अटेर गरेर नलगाएको पाएपछि प्रशासनले बजार क्षेत्रमा छड्के अनुगमन गरेर कारबाही थालेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

SHARE