प्रचण्डका ६ जना सुरक्षाकर्मीलाई कोरोना

0
372

साउन २२, २०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ।

प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले परिवारका सदस्यसहित सुरक्षाकर्मीको पनि स्वाब परीक्षण गराउँदा ६ जनामा कोरोना देखिएको हो।
सापकोटाका अनुसार सुरक्षाकर्मीहरुलाई संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको थियो। उनका अनुसार निवासको सुरक्षामा बाहिरी घेरामा रहेका ६ जनलाई संक्रमण पुष्टि भएको हो।

 

SHARE