साउन २२,२०७७ गुल्मी _ आफनो जन्म दिनको अबसरमा गुल्मी दरवार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले पाँच हजार ५५५ रुपैयाँ गाउँपालिकाको प्रकोप ब्यबस्थापन कोषमा जम्मा गरेका छन् ।
जन्म दिनको अबसरमा फजुल खर्च नगरी गाउँपालिकाको प्रकोप ब्यबस्थापन कोषमा पाँच हजार ५५५ रुपैयाँ अर्यालले जम्मा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
अर्यालले जन्मदिनको अबसरमा फजुल खर्चलाई कटाएर प्रकोप ब्यबस्थापनमा जम्मा गरी अनुकरणीय कार्य गरेको पाण्डेले जानकारी दिए । साथै गाउँपालिकाले जन्म दिनको अबसरमा अर्यालको सु स्वास्थ्य दीर्घायु एबं उत्तर उत्तर प्रगतिको कामना गरेको छ ।
यता अर्यालले आफनो सानो सहयोगले प्रकोप ब्यबस्थापनमा केही मात्रामा भए पनि सहयोग पुग्ने बिश्वास लिएको बताए ।