सुन तोलाको एक लाख दुई हजार पााच सयमा कारोवार

0
646

साउन २२, २०७७ काठमाडौं : सुनको भाउ आज पनि तोलामा ११ सय रुपैयाँ बढेको छ। हिजो तोलामा १६ सयले बढेर१ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको सुन आज १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य आज तोलामा १ लाख २ हजार रुपैयाँ पुगेको छ। चाँदी पनि आज तोलामा ५० रुपैयाँ महंगो भएको छ। हिजो १२ सय ९५ रुपैयाँ तोला रहेको चाँदीको मूल्यआज १३ सय ४५ रुपैयाँ पुगेको छ। सुन चाँदी दुवैको मूल्य अहिले सम्मकै उच्च हो।

SHARE