१४ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै

0
448
फाइल फोटो

साउन २१, २०७७ काठमाडौं : आज विहान युएई र कतारबाट ४ सय ५९ जना नेपाली स्वदेश आएका छन्।

युएईबाट हिमालय एयरको दुइ वटा उडानमार्फत् ३ सय ८ जना नेपाली स्वदेश फर्किका छन्। कतारको दोहाबाट नेपाल एयरको एउटा उडानमार्फत १५१ जना नेपाली आइपुगेका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। युएई, कतार र साउदी अरबबाट गरी आज बेलुकीसम्म १४ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्कँदै छन्। प्राधिकरणका अनुसार युएईबाट मात्रै साँझसम्म पाँच वटा उडानमार्फत ९ सय भन्दा धेरै नेपाली आउन लागेका छन्।

दिउँसो साउदी अरबको दमामबाट हिमालय एयरको विमानमार्फत् १५४ र कतार एयरवेजको विमानबाट २५० जना आउन लागेका प्राधिकरणले जनाएको छ।

SHARE