कोरोनाको संख्या बढदै, थपिए नयाँ २ सय ५९ जना संक्रमित

0
288

२४ घण्टामा २ सय ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ९ जना संक्रमित पुगेको छ।

त्यस्तै, गत २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ। विभिन्‍न स्थानमा गरिएको परीक्षणमा मंगलबार काठमाडौंमा ४८ जनामा संक्रमण देखिएको छ। त्यस्तै भक्तपुरका १३ जना र ललितपुरमा १ जनामा संक्रमण देखिएको मिडिया ब्रिफिङमा गौतमले जानकारी दिएका हुन्।

SHARE