सुरक्षा मापदण्ड अपनाउन सरकारको सुझाव

0
315

साउन २०, २०७७ काठमाडौं : कोरोना संक्रमण बढिरहेको भन्दै सरकारले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा मापदण्ड अपनाउन सुझाव दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो सुझाव दिएको हो। सार्वजनिक यातायातमा धेरै भीडभाड हुने भएकाले यात्रुले स्वास्थ्य मापदण्ड आफैँले अपनाउनुपर्ने मन्त्रालयका प्रवक्ता गौतमले जागेश्वर बताए। उनले भने, ‘सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुले नियमित माक्स लगाउने, सेनिटाइजर प्रयोग गर्ने र यात्रा गर्दा एक व्यक्तिबाट टाढा भएर बसिदिनुहोला, यात्रुले यति गरेमा केही मात्रामा भएपनि कोरोना नियन्त्रण हुन्छ।’ उनले जताततै नथुक्न पनि अनुरोध गरे। त्यस्तै सभा(सम्मेलन नगर्न पनि मन्त्रालयले सुझाव दिएको छ।

SHARE