कोशी अस्पतालमा एक जनाको मृत्यु, कोरोना परीक्षण गरिँदै

0
467

साउन २०, २०७७ काठमाडौं : कोशी अस्पताल विराटनगरमा एक पुरुषको मृत्यु भएको छ। स्वास फेर्न समस्या भएपछि गएराति अस्पताल ल्याइएका उदयपुरका एक पुरुषको मृत्यु भएको कोशी अस्पतालका मेसु डाक्टर चुमनलाल दासले जानकारी दिए।

उनको मृत्युपछि स्वाब लिने तयारी भइरहेको छ। विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो। एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दै गर्दा उनको मृत्यु भएको दासले जानकारी दिए।

SHARE