साउन १९, २०७७ बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालले आज बिहान विज्ञप्ति जारी गर्दै एक जना स्थानीय जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो। अस्पतालका अनुसार नेपालगञ्ज वडा नम्बर एकका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार गरिएको परीक्षणमा नेपालगञ्जका २ र रुकुम पूर्वका का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा कोरोनाको आशंकामा १९५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।