वडा अध्यक्षको मृत्यु, कोरोना संक्रमणको आशंका

0
367

साउन १९, २०७७ रौतहट : इशनाथ नगरपालिका(५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको छ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिएका छन्‌।

​स्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएकाले निजलाई कोरोना संक्रमण आशंका गरिएको छ। उनी केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए।

SHARE