
साउन १९, २०७७ काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोले पुरिएर आठ जना बेपत्ता भएका छन्।
मेलम्ची नगरपालिका–११ मा आइतबार मध्यरातमा गएको पहिरोमा परेर आठ जना बेपत्ता भएको र एक जनाको जिवितै उद्दार गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनलने जनाकारी दिए।
उनका अनुसार प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घरपहिरोले पुरिदा ८ जना बेपत्ता भएका हुन्। ति मध्ये दुई भारतीय नागरिक र अन्य वीरगञ्जका रहेका महर्जनको भनाइ छ।
अहिले उद्दार जारी रहेको उनको भनाइ छ। यस बारे बिस्तृत विवरण आउन बाँकी छ।







