माइक्रोबस दुर्घटना, १७ जना घाइते

0
255

साउन १७, २०७७ डडेल्धुरा : आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। भीमदत्त राजमार्गअन्तर्गत उक्त ठाउँमा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो।

भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार माइक्रोबसमा रहेका १७ जना नै घाइते भएका छन्। घाइते हुनेमा बझाङको तलकोट गाउँपालिका–२ का २३ वर्षीया सुशीला धामी, ६० वर्षीया हिमकला रोकाया, २६ वर्षीय भक्त रोकाया, १८ वर्षीय दीपेन्द्र कुँवर, १८ वर्षीय अशोक कुँवर, ३५ वर्षीय मीनबहादुर कुँवर रहेका छन्।

यस्तै, सोही ठाउँका ४६ वर्षीय गोरख कुँवर, ४२ वर्षीय गंग कुँवर, २४ वर्षीय अमृत धमेना, २६ वर्षीय वीरेन्द्र धामी, १८ वर्षीय रोशन कुँवर, २३ वर्षीय देव कुँवर, १८ वर्षीय जोवन धमेना, ७ वर्षीय पवन धामी र ६ वर्षीय अनुप रोकाया घाइते भएका छन्।

कैलालीको गोदावरी नगरपालिका–६ का गाडी चालक २५ वर्षीय शिवराज फुलारा र सोही ठाउँका गाडी मालिक ३० वर्षीय हिमाल माझी घाइते भएका छन्। फुलारा र माझीलाई उपचारका लागि धनगढी पठाएको डिएसपी न्यौपानेले जानकारी दिए।
अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

SHARE