
साउन १७, २०७७ पर्सा : पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्।
यस्तै, बाराका एक र रौतहटका दुई संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। मदनकुमार जानकारी दिए। संक्रमितहरु १५ देखि ६८ वर्ष समूहका रहेको डा। उपाध्यायले बताए। संक्रमितमध्ये तीनजना महिला हुन्।
पर्साका संक्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर १, ३, ६, ७, १०, १२, १६, २३ २५ का रहेकानारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकका डा। निरज सिंहले जानकारी दिए। ती वडामा पनि बढी संक्रमित वडा नम्बर ६ माईस्थान आसपासका रहेको पाइएको छ।







