
साउन १५, २०७७ काठमाडौं
बिहीबार नेपालमा २ सय ७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ। प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालमा ५ हजार २ सय २७ संक्रमित उपचाररत रहेका छन्। बिहीबार २ सय २७ जना डिस्चार्ज भएसँगै आजसम्म १४ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन। बिहीबार पिसिआर विधिबाट ६ हजार ३ सय ४ वटा नमुना परीक्षण भएका छन्। आजसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण भएको छ। अहिले देशभरिका क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन्।

