
साउन १४, २०७७ पर्सा : वीरगन्जमा अर्का कोरोना संक्रमितको ज्यान गएको छ।
बुधबार बिहान एकजना ६८ वर्षीय पुरुषको कोभिड(१९ संक्रमणबाट ज्यान गएको हो। नारायणी अस्पतालको अस्थायी कोभिड १९ उपचार केन्द्र गण्डकमा भर्ना रहेका वीरगन्जको रेशमकोठी निवासी ६८ वर्षीय सुनिल विश्वाको बिहान पौने ११ बजे मृत्यु भएको हो।
उनी ६ दिनदेखि आइसोलेसन वार्डमा उपचररत थिए। उनलाई सुरुमा एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई गण्डक अस्पतालमा सारिएको थियो। विश्वामा मधुमेह र मुटुको समस्या रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए।

उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।






