थप चारजना प्रहरीलाई कोरोना संक्रमण

0
304

साउन १४, २०७७ काठमाडौं : नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यससँगै त्यहाँ संक्रमित हुनेको संख्या ३५ पुगेको छ। यसअघि पहिलो पटक भेटिएका ४ र दोस्रो पटक भेटिएका २७ जनाको कन्ट्याक्ट ट्रेसिङपछि गरिएको परीक्षणमा ती चारजना प्रहरीमा पनि कोरोना पुष्टि भएको हो ।

यसअघि संक्रमित ३१ जनासहित सबैलाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालम पठाइएको छ।

यसअघि मंगलबार भेटिएका २७ जना संक्रमितको सम्पर्कमा आएका अन्य ३६ जना प्रहरीलाई सामाखुसीस्थित क्‍वारेन्टाइनमा राखिएको थियो। उनीहरुको पनि पिसिआर परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको हो।

SHARE