बाग्लुङमा पहिरोमा परी चारजनाको मृत्यु

0
443
फाइल फोटो

साउन १३, २०७७
बाग्लुङ : बाग्लुङमा बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ।

सोमबार राति आएको पहिरोले तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको मृत्यु भएको छ। पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। उनलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइहेको छ। पालबहादुर वैदेशिक रोजगारीमा छन्।

त्यस्तै, निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरिँदा करिब पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए। निसीखोला गाउँपालिकामा नै करिब ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ। उनको पहिचान खुलेको छैन।

SHARE