जाजरकोटमा च्याउ खाँदा एकको मृत्यु, ८ जना गम्भीर

0
433

साउन १२, २०७७ जाजरकोट : ​स्याँक्री च्याँउ खाँदा गएराती कुशे गाउँपालिका(१ की अन्जना चलाउनेको मृत्यु भएको छ ।आठ जना गम्भीर बिरामी परेका छन्‌।
टेक बहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धन्सरा चलाउने र औसरा चलाउने गम्भीर बिरामी परेको कुशे गाउँपालिका(१ का वडाध्यक्ष गोपाल नेपालीले जानकारी दिएका छन्‌।
बिरामीहरूको उद्धार गर्न हेलिकोप्टर पठाउने पहल भइरहेको प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताएका छन्‌।

SHARE