गुल्मीमा एक बर्षमा पाँचहजार ५३३ जनाले नागरिकता लिए , १४० जनाले ज्यान गुमाए

0
346

साउन १२,२०७७ गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीबाट आर्थिक बर्ष २०७६।०७७ मा पाँच हजार ५३३ जनाले नागरिकता प्राप्त गरेका छन् । जसमध्ये ४ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । यस्तै दूई हजार ८१६ जनाले जिल्ला प्रशासन कार्यलय गुल्मीबाट नागरिकताको प्रतिलिपी लिएका छन्
आर्थिक बर्ष २०७५।०७६ मा एघार हजार १२२ जनाले नागरिकता लिएको र गत आर्थिक बर्षमा लकडाउनका कारण नागरिकता लिनेको संख्या कम भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
यस्तै गत आर्थिक बर्षमा दुई जनाले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । उनीहरुले बिदेशी नागरिकता लिएकाले नेपाली नागरिकता परित्याग गरेको प्रशासकीय अधिकृत उद्धब पन्थीले जानकारी दिए । यस्तै जिल्ला प्रशासन कार्यलय गुल्मी मार्फत तीन हजार एक सय १६ जनाले राहादानी लिएका छन् ।
गुल्मी जिल्लामा हालसम्म चार हजार २२९ जनाको राष्ट्रिय परिचय पत्रको लागि बिवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । विवरण दर्ता गराउने कार्य भइरहेको कार्यालयले जनाएको छ । गत आर्थिक बर्षमा ३२४ जनाले नावालक परिचय पत्र लिएका छन् ।
गत आर्थिक बर्षमा ३२ जना दैबिप्रकोप पीडितरुलाई उद्धार तथा राहत बितरण गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
अभद्ध ब्यवहारका ३६ वटा मुद्धा
जिल्ला प्रशासन कार्यलय गुल्मीमा अभद्ध ब्यबहारका ३६ वटा मुद्धाहरु दर्ता भएका थिए भने जस मध्ये २६ वटा मुद्धारुको किनारा लगाइसकेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । भ्रष्टाचार सम्बन्धी अख्तियार दुरुपयोग अनुसँधान आयोगबाट जाँचबुझको लागि एक मुद्धा पठाएको र जसको प्रतिबेदन तयार गरि पठाइएको छ । अन्य ८४ मुद्धाहरु मध्ये ८४ वटानै किनारा लगाइसकिएको छ ।
प्रमाणित र नबिकरणका कार्य अत्याधिक
जिल्ला प्रशासन कार्यलय गुल्मीबाट प्रमाणित र नबिकरण कार्यहरु अत्याधिक भएका छन् ।
दलित तथा जनजाती प्रमाािण्तका कार्यहरु ५९३ गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । बिभिन्न पेन्सन सम्बबनधी ६९२ वटा प्रमाणित गरिएको छ भने अन्य २४१ वटा प्रमाािण्त गरिएको छ ।

अघिल्लो आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यलय गुल्मीमा ७ वटा संघ संस्थारु दर्ता भएका छन् भने ११४ वटा नबिकण भएका हुन् । यस्तै ५२ वटा हातहतियारहरु नविकरण भएका छन् ।
सहायता कक्षबाट तीन हजार ९४२ जनाले सेवा लिए
जिल्ला प्रशासन कार्यलय गुल्मीको सहायता कक्षबाट तीन हजार ९४२ जनाले सेवा लिएका छन् । जसका कारण बाहिर सेवाग्राहीहरुले बुझाउनुपर्ने रकम बचेको र सहज तरिकाबाट सेवा लिएका छन् ।
जिल्लामा गएको आर्थिक बर्षमा १६१ वटा अपराधिक घटनाहरु घटेको प्रशासनले जनाएको छ । जस अन्र्तगत १०८ जना अभियुक्तरु प्रक्राउ गरिएको ११५ जनालाई मुद्धा चलाइएको छ ।
जिल्लामा २२ बिशिष्ट ब्याक्तिहरुको भ्रमण
यस्तै गुल्मी जिल्लामा २२ पटक बिशिष्ट ब्याक्तिहरुले भ्रमण गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लामा मन्त्री देखि अन्य बिशिष्ट ब्याक्तिहरुले भ्रमण गरेको जिल्ला प्रशासनको तथ्यांकमा रहेको छ । आर्थिक बर्ष २०७५।०७६ मा ४३ बिशिष्ट ब्याक्तिहरुको जिल्ला भ्रमण रहेको थियो
२८ सडक दुर्घटना १५ जनाको मृत्यु
जिल्लामा गत आर्थिक बर्षमा २८ वटा सडक दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् भने ४५ जना घाइते भएको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै भबितब्यमा ५१ ज्ना , भुण्डिएर आत्म हत्या गर्ने ७० जना , फुटकर ज्यानमा २४ जना ,बिष सेवन गरि ९ जना , कर्तब्य ज्यानमा १२ जना , बिपदबाट २७ जना , हामफाली आत्महत्या गर्ने १ जना गरि कुल १४० जनाले ज्यान गुमाएका छन् । यस्तै जिल्ला भित्र १४ पटक बजार अनुगमन गरिएको छ ।
प्रजिअको पहलमा ११५ वटा बिबादहरु समाधान
जिल्लामा बिभिन्न बिबादहरु उत्पन्न भएका र त्यी बिबादहरु मध्ये ११५ वटा बिबादहरुलाई प्रमुख जिल्ला अधिकारीको पहलमा समाधान गरिएको छ । गत आर्थिक बर्षमा १९ वटा सर्बपक्षिय बैठक , १० पटक कार्यलय प्रमुखहरको बैठक , शान्ति सुरक्षका ३९ वटा बैठक , कोरोना संक्रट ब्यबस्थापनका २९ वटा बैठकहरु गरि कुल ९७ वटा बैठकहरु बसिएको छ ।
१६ करोड ७० लाख राजश्व
गत आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यलयले १६ करोड ७० लाख ३ हजार ७९५ रुपैयाँ राजश्व संकलन गरेको छ । राहदानी , संघ संस्था दर्ता , नविकरण , हातहतियार नविकरण , प्रशासनीक दण्ड जरिवाना लगायत परीक्षा शुल्क गरि राजश्व जम्मा भउको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

 

SHARE