आज १३० जनामा कोरोना संकमण पुष्टि

0
266

साउन ११, २०७७ काठमाडौं : आइतबार नेपालमा कोरोना भाइरस कोभिड—१९ का १ सय ३० जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३ हजार ३ सय जनाको पिसिआर परीक्षण भएकोमा १ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको हो। प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आजसम्म देशभर १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन्। जसमा आजसम्म जम्मा १३ हजार १ सय २८ जना निको भएर घर फर्किएका छन्।
आइतबार ७५ जना संक्रमित निको भएर घर फर्किएका छन्। प्रवक्ता डा। गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५५, प्रदेश नम्बर २ मा २ हजार ९ सय ४४, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय ५१ जना निको भएर घर फर्किएका छन्।

यस्तै, प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन्। अहिले देशभर ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन्। प्रदेश नम्बर १ मा १ सय ८६, प्रदेश नम्बर २ मा १ जहा ८ सय ७३, बागमती प्रदेशमा ४ सय ४४ र गण्डकी प्रदेशमा २ सय ९४ जना आइसोलेसनमा उपचाररत रहेका छन।
यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५८, कर्णाली प्रदेशमा ३ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना संक्रमित उपचाररत रहेका छन्। आइतबार प्रदेश नम्बर १ मा २ हजार ९३, प्रदेश नम्बर २ मा २ हजार ७ सय ४७, बागमती प्रदेशमा १ हजार २ सय ९४ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ४९ जना क्वारेन्टिनमा रहेका छन्।
यस्तै प्रदेश नम्बर ५ मा २ हजार ५ सय ३९, कर्णाली प्रदेशम ९ स ४८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना क्वारेन्टिनमा रहेका छन्।

SHARE