बागलुङमा पहिरो : टिप्पर र ट्याक्टर चालक बेपत्ता

0
513

साउन ११, २०७७ बागलुङ : रामरेखा सामुदायिक वनक्षेत्रमा शनिबार राती ८ बजेतिर गएको सुख्खा पहिरोले स्काभेटर, ट्याक्टर र टिप्पर पुरेको छ।
बागलुङ(पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहे घाट जाने बाटोको बीचमा खसेको पहिरोमा पुरिएको ट्याक्टर र टिप्परका चालक बेपत्ता रहेका प्रहरी निरीक्षक हेम दीपक रेग्मीले जानकारी दिएका छन्‌।
पहिरोमा पुरिएको स्काभेटरका चालक मात्र सम्पर्कमा आएका छन्‌। रातको समयमा ढुंगा ओसार्न गएका भनिएका ट्याक्टर चालक निर्मल पुन मगर र टिप्पर चालक रोशन नेपाली अझै फेला नपरेका हुन्‌। उनीहरूको मोबाइलमा फोन लागेको, तर नउठाएकाले पहिरोमै पुरिएको हुनसक्ने आशंका गरिएको छ। लगातार पहिरो खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।
रातको समयमा ढुंगा ओसार्न लगिएका सवारीसाधन बागलुङका स्थानीयनिर्माणब्यबसायी विमलेश आचार्यको रहेको स्थानीयले बताएका छन्‌।

SHARE