संक्रमणबाट विदेशमा थप एक नेपालीको निधन

0
336

साउन ११, २०७७ काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो। स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।
समितिका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशतभन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त भएका छन्। गत साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यस साता त्यहाँ संक्रमणदर केही बढेको छ।
यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको समितिले जनाएको छ। सङ्घका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६ पुगेको छ।

SHARE